प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको विज्ञप्ति – संकटका बेला सार्वभौमिकतामाथि भारतको हस्तक्षेप भयो

डिसी नेपाल
२७ वैशाख २०७७ २२:५७

काठमाडौं । भारतले लिपुलेकमा सडक बनाएको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गम्भिर ध्यानकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहलले संयुक्त विज्ञप्ति जारी गर्दै भारतले नेपालको सार्वभौम माथि पूर्णरुपमा हस्तक्षेप गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ। कोरोना संकटसँग जुधिरहेको बेला भारतको यस्तो कार्य भएको प्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपाले दुई देशबीचको सार्वभौम समानता, क्षेत्रीय अखण्डता, आपसी सदभाव सुमधुर हुने विश्वास लिएको छ ।’

‘कोरोना महामारीको बीचमा यस्तो कार्य गर्नु दुःख छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुगौलि सन्धिमा प्रत्यक्ष रुपमा भनिएको छ की महाकालीको पूर्व कालापानी, लिम्पीयाधुर र लिपुलेक नेपाका भू–भाग हुन् । नेपालको अनुपस्थितिमा सन् २०१५ मे १५मा भारत र चीनबीच भएको लिपुलेक हुँदै भारत र चीन जोड्ने द्विपक्षीय सम्झौतामा पनि नेकपाको ध्यानाकर्षण भएको छ।’

‘सीमा समस्याको समाधान गर्न नेपाल सरकारले प्रस्ताव गरेको दुई देशका विदेश सचीव स्तरीय वार्ता हुन्छ भन्ने नेकपा अपेक्षा गर्दछ । नेपालले उच्चस्तरीय राजनीतिक सम्बन्धमार्फत बारम्बार सीमा समस्या समाधान गर्न गरेको अनुरोधलाई नकार्दै अहिले भारतले एक पक्षीय कार्य गर्नु दुःखद कुरा हो,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपाले नेपाल र भारतलाई तुरुन्तै यस विषयमा आवश्यक प्रक्रिया पुरा गरी समस्या समाधान गर्न आग्रह गरेको छ। उक्त सीममा भएको सडक निर्माणको काम तत्काल रोकी त्यस क्षेत्रमा हुने जटिल कार्यहरु रोक्न भारतलाई नेकपा आग्रह गर्दछ ।’




प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको विज्ञप्ति – संकटका बेला सार्वभौमिकतामाथि भारतको हस्तक्षेप भयो

  1. Great job. This is the way have to work two president one voice for country. Congrats both president.

Leave a Reply

Your email address will not be published. Required fields are marked *