सपनामा भगवानले आदेश दिएपछि युवकले आफ्नै यौनांग काटेर मन्दिरमा चढाए

डिसी नेपाल
२८ वैशाख २०७७ ८:३०

काठमाडौं। कहिलेकाहीँ मानिसहरुमा यतिसम्म सनक चढ्छ कि उनीहरु सोच्नै नसकिने कुराहरु गर्छन् । छिमेकी मुलुक भारतमा एक युवकले सनककै भरमा आफ्नै यौनांग काटेर मन्दिरमा चढाएका छन् । मध्य प्रदेशको ग्वालियरथित केन्द्रीय कारागारमा रहेका एक कैदीले यस्तो सनकी काम गरेको समाचार एजेन्सी एएनआइले जनाएको छ ।

ती कैदीले सपनामा भगवानले आदेश दिएको भन्दै कैदीले आफ्नो लिंग काटेर जेलभित्रै रहेको मन्दिरमा चढाएका हुन् । यसको जानकारी पाउनासाथ जेल प्रशासनले उनलाई तत्काल अस्पताल लगेको थियो । हत्या तथा डकैतीको अपराधमा जेल सजाय काटिरहेका विष्णु सिंह नामका कैदीले गत मंगलबार यस्तो हर्कत गरेका थिए ।

आफूले आफ्नो लिंग काटेर भगवानलाई चढाएको सपना देखेका कारण विपनामा समेत सोही काम गरेको उनले बताएका छन् । अस्पतालमा उपचारको क्रममा दिएको बयानमा उनले सोमबार राति आफ्नो सपनामा भगवान शिव आएको र लिं काटेर शिव मन्दिरमा चढाउन आफूलाई आदेश दिएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *