प्रिय नर्सहरु, कुन मुखले शुभकामना दिनु खै ?
कोरोना कहरलाई नयाँ विश्व युद्ध नाम दिए धेरैले। किनभने, विश्व एकजुट भएर कोरोनामाथि विजय हासी गर्न आफ्नो सम्पूर्ण तागत लगाइरहेको थियो। ६/६ महिना समय र पूर्व जनाउ पाउदासमेत हामीले हाम्रा नर्स र स्वास्थ्यकर्मीहरुलाई जावो मास्क, पञ्जा, पीपीई नदिएर पवित्र सेवाको घोर अवमूल्यन र निन्दा गर्यौं।
उसै उच्च जोखिममा भएको दुर्लभ जनशक्तिलाई झन् खतरा तरबारको धारमा राख्यौं र चरम अन्याय, गैरजवाफदेहिता तथा अमानवीय व्यवहार प्रकट गर्यौं। यो माथि घर झगडाले कुर्सीको लोभी पापी भई दरिद्रता प्रदर्शन गरेर नर्सहरुको मन भाँच्ने काम गर्यौं। यो अक्षम्य त्रुटिप्रति १० औंला जोडेर माफी नमागी कुन मुखले शुभकामना दिनु?
सबै युद्ध आफैं रच्ने, लड्ने, घाइते हुने र अस्पतालमा पछारिने। युद्ध सामाग्री र युद्ध संचालनमा आँखा चिम्लेर जतिपनि खर्च गर्ने तर स्वास्थ्य सेवा त्यही युद्ध पीडित गरीब निमुखा जनताहरुसँग कर, दान, भिख मागेर झारो टार्ने हामी युद्ध प्रेमी योद्धाले आज ती महान स्वास्थ्यकर्मीहरुलाई शुभकामना दिनु भनेको गोहीको आँसु झार्नु मात्रै पो हुने हो कि?
विरामी घर पठाउनुहोस्। त्यसबेलासम्म म सहौंला खेपौंला।’ ऊ प्राकृतिक विरामी, म कृत्रिम। कुनै पनि युद्ध प्रकृतिको चाहना र माग होइन। द्वन्द्व प्रकृतिको पनि दुश्मन हो। पंक्तिकार सरकारी खेमाबाट सरकारी रासन पानी र जनताको करद्वारा खरिद सैनिक पोशाक लगाएर तिनै जनतासँग भिडिरहेको थिएँ।
महङ्गो मूल्यको टाउको खोज्दा स्यावासी, पुरस्कार, विदेश भ्रमण, शान्ति सेना, बढुवा, विभुषणले पुरिएको दम्भी थिए। महङ्गो टाउको लुकरहेको थिए आफ्ना भाई, भतिज र भान्जाहरु। लागुऔषध र पौंच रक्सीका पोकाले बेसुर भाइ भतिजले ‘लु खा’ भनेर दागेको गोली मेरो बायाँ पाखुरामा लागेको थियो।
म नर्सको सेवा पाउन लायकको होनहार राष्ट्रसेवक थिइन। भाइलाई आतंककारी पत्याएर निहुँ खोज्ने कसैको पेदा भेडो पात्र थिएँ। त्यसैले सर्पदंश विरामीलाई न्याय दिने ती नर्ससँग कोटी कोटी माफी मागेको थिएँ। नर्सहरुलाई दुःख दिने सताउने गलाउने र हराउने सबै युद्धका रचनाकार, नायक, कलाकार र पात्रहरु पृथ्वीका बोझ हुन्। न टाउको ल्याउनेले जिते । न टाउको दिनेले । दुवै पक्षले रमाइलो भाँडभैलो खेल खेले। जग हसाए। र, मातृभूमिलाई हराए । त्यसैले म पहिला माफ माग्दछु।
पंक्तिकारलाई अग्रीम ज्ञान छ। सबैभन्दा नर्सलाई शुभकामना दिने नाटक ती देशले मच्चिएर गर्नेछन्। जसले युद्ध सामग्री र हतियार कारखाना संचालन गरेर विश्वभरि मानव र मानवसभ्यता ध्वस्त गर्ने युद्धहरु पालैपालो मञ्चन गरिरका छन्। युद्ध सामाग्री बिक्रीमा पहिला दोश्रा र तेश्रा देश अमेरिका, बेलायत र जर्मनीले आफ्ना नर्सलाई करदाता जनतलाई मास्क र भेन्टिलेटर दिन नसकेपछिको ओठे शुभकामनाको के नै अर्थ रह्यो र?
सबैभन्दा नर्सलाई शुभकामना दिने नाटक ती देशले मच्चिएर गर्नेछन्। जसले युद्ध सामग्री र हतियार कारखाना संचालन गरेर विश्वभरि मानव र मानवसभ्यता ध्वस्त गर्ने युद्धहरु पालैपालो मञ्चन गरिरका छन्। युद्ध सामाग्री बिक्रीमा पहिला दोश्रा र तेश्रा देश अमेरिका, बेलायत र जर्मनीले आफ्ना नर्सलाई करदाता जनतलाई मास्क र भेन्टिलेटर दिन नसकेपछिको ओठे शुभकामनाको के नै अर्थ रह्यो र?
आणविक हतियारको होडबाजी, परामाणु र जैविक हतियारको होडबाजी मानव दम्भका उपज हुन्। र, ती पृथ्वीका बोझ मानवहरु विशुद्ध सेवा भाव भएका संसारभरका नर्सका पनि सक्कली र बोझिला दुश्मन हुन् किनभने मौका पाउनासाथ स्वास्थ्यकर्मीहरुको १२ बजाउने र भोक, निद, सुख, खुसी हर्ने काम गर्ने छन्— वहियात युद्ध रचेर, खेलाएर, घाइतेको लावालस्कर लगाएर।
वर्तमान कोभिड–१९ भाइरस चीनको वुहानस्थित वेट मार्केटमा विक्रिको लागि राखिएको चमेराबाट फैलिएको दाबी गरेका छन् केही विज्ञले। सालकमा पनि समान भाइरस पाइने दाबी गरेका छन् अर्काथरिले।
सालकको चोरी शिकारीले नेपाल पनि कायल भएको छ। परम्परागत दवाइमुलोको विश्वास विभिन्न परिकारको भोजनले बाघ भालु चितुवुा चिङ्पान्जी, बाँदर, छेपारो, लगायतका विविध जीवका प्रजाति खाने खेल्ने अर्को दम्भ र घमण्डको बहादुरी देखाउदा हामीले स्पेनिस फ्लु, एड्स, सार्स, मर्स, जिका, इबोलाजस्ता जटिल र रहस्यमय महामरी भित्र्यायौं। ती महान् स्वास्थ्यकर्मीहरुलाई अनाहकको दुःख र सास्ती दियौं।
पर्यावरण इन्टेलिजेन्स र विज्ञानलाई भड्किलो, विकासे राजनीति र आर्टिफिसियल इन्टेलिजेन्सले जितएर मख्ख पर्यौं। उग्र विकासले पूजी बढायो। पूजीसँगै जनसंख्या र कार्वनडाइअक्साइडको मात्रा प्रकृतिले धान्न नसक्ने गरी बढ्यो। प्राकृतिक पृथ्वी पैसामा बेचियो। र नारायणीको गोही तस्करको महाजालमा फसे झै जासुसीको जालोमा निसासिने गरी बेरियो।
आजको पृथ्वी मानवसाङ्लो हो। प्रदुषण र ग्यासको बमको गोला हो। अर्थ, रुप, सार, स्वादविनाको खोस्टो पैसाको थुप्रो हो। मानवले पैसा र शक्तिको घमण्डमा बिर्सेको र मिचेको प्रकृति र स्वास्थ क्षेत्र दुवैसँग यही प्रकृतिवासी तथा तमाम प्रकृतिविरोधी अपराधहरु सहेर टुलुटुलु हेरेर बस्न बाध्य एक नागरिकको हैसियतमा म लाख माफी माग्दछु।
हिजोको विश्वको रक्षा बजेट १.८ ट्रिलियन युएस डलर थियो। अमेरिकाको मात्र रक्षा बजेट ६५३ (६५२, ०५८,०००,०००) बिलियन डलर थियो सन् २०१९को निमित्त। यो वर्ष त्यो बजेट बढाएर ७१८ बिलियन डलर माग गरिएको छ।
प्राकृतिक स्रोत साधन सम्पन्न खाडी मुलुकहरु, पूर्वी युरोप, अफ्रिका र मध्य तथा दक्षिण एशियालाई युद्ध सामाग्री बिक्री गर्न प्रमुख थलो बनाइएको छ। फलस्वरुप यी क्षेत्रहरुमा हतियारको होडबाजी बढ्दा प्रकृति संरक्षण र स्वास्थ्य क्षेत्र छाया तथा धरापमा पर्न गएको छ।
भावी रोडम्याप
विश्व जलवायु परिवर्तन र त्यसको प्रभाव न्यून गरेर यो सुन्दर धर्तीलाई जोगाउन प्रकृति संरक्षणको एजेण्डा सबैको प्राथामिकतामा पर्नु पर्दछ। रक्षा तागत युद्धमा होइन पृथ्वी बचाउन लगाइनु पर्दछ। भविष्यमा प्राकृतिक प्रकोप र विपद् एवं महामारीहरु मानव नियन्त्रण बाहिर जाने पक्का छ। यसको व्यवस्थापन र नियन्त्रण सैनिक शक्तिबाट मात्र संभव हुने छ। तसर्थ नेपाली सेनाजस्तो विश्वका अरु सेनाहरु प्रकृति संरक्षणमा होमिएर अभ्यस्त हुन जरुरी छ।
रक्षा बजेटका अगाडि सानो अंश (१/२८) प्रकृति संरक्षणको लागि मुठ्ठी कस्ने विकसित राष्ट्रहरुको ध्यान र प्राथमिकतामा परिवर्तनको आवश्यकता रहेको छ। कार्वन उत्सर्जनको विकल्प खोज्न र अक्सिजनका भण्डार नेपाल लगायतका विकासोन्मुख र अल्पविकसित मुलुकलाई आर्थिक सहयोग उपलब्ध गराई बनजंगल बढाउन प्रेरित गर्न विकसित देशले आनाकानी गर्न हुँदैन। वन्यजन्तुको चोरी शिकार, अंग व्यापार र व्यापारिक प्रयोजनमाथि कडा कानुनी प्रतिबन्ध लगाइनुपर्दछ।
बिशेषतः चीनले कडा कानुन तर्जुमा गरी लागु गरेर, अनुगमन र नियन्त्रण्को नीति अपनाएर विश्व स्वास्थ्य समुदायलाई इमान्दार सहयोग गर्नुपर्छ। यो पवित्र प्राकृतिक कामको लागि दम्भ र घमण्ड बढाउने अनुत्पादक खर्च कटौती गरेर विश्व भाइचारा एकता र एक पृथ्वी–एक घरको अवधारणामा विश्वलाई लैजानुपर्छ।
वर्तमान महामारीको तीव्र गति, व्यापकता र विनाश क्षमतालाई दृष्टिगत गरी विश्वको लगानी पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति र सर्वत्र पहुँचको सुनिश्चताका लागि हुनुपर्छ। कोभिड–१९ को महामारीसँग ख्यालठट्टा र लापर्वाही गर्ने, आवश्यक न्यूनतम पूर्वतयारी नगर्ने सबै मुलुकहरुले हामी सजायका भागिदार छौं भनेर स्वास्थ्यकर्मीहरुसँग सार्वजनिक मञ्चबाट माफी माग्नुपर्छ।
सबैभन्दा धेरै माफी नेपाल सरकारले माग्नुपर्छ। क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्नेलाई ससम्मान संरक्षण गर्न राज्यको साधन स्रोतको दुरुपयोग भएकै हो तर ६ महिनासम्ममा पनि त्यही साधन स्रोत र पद्धति देखाएर स्वास्थ्य सामाग्री ल्याउन नसक्नु अक्षम्य र अमानवीय त्रुटी हो।
ईतिहासमा प्यारा ड्रप गरेर हातहतियार गोलीगठ्ठा झरेको हेर्ने हामी र आजपनि शक्ति राष्ट्रहरुको हतियार र गोलीको बाकस निर्वाध छिरिरहेको देख्ने हामीलाई स्वास्थ्य सामाग्री यो वा त्यो र जि टु जि बहानामा सेनालाई समेत बिटुलो पारी फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुलाई पुर्याउन नसक्नेले गुलियो भाषाको शुभकामना कसरी दिनु?
जैविक आतंकवादको लागि जैविक सुरक्षा र साइवर सुरक्षा भावी रोडम्याप हुन्। हामीले युद्धको मनसिकता त्यागेर सानो आकारको निःशस्त्र सेनाको परिकल्पना गर्नुपर्छ। त्यो सेनाले प्रकृति रक्षामा योगदान गरेर विश्वलाई सफा्, सुन्दर, स्वस्थ र सुरक्षित राख्ने कामलाई प्राथमिकता दिएको खण्डमा मात्र आजको दिनको दिवसको सम्मान हुनेछ। साथै भावी अकल्पनीय आर्थिक मन्ँदीको उद्धार सूत्र पनि त्यही हुन सक्छ।
विश्व नर्स संघ र विश्व स्वास्थ संगठनले स्वस्थ पृथ्वी, स्वस्थ पर्यावरण र स्वस्थ मनवजातिको कल्पना गरेर भावी रोडम्याप तयार गरोस् र ज्यादै पवित्र, धार्मिक र मानवीय उद्धार र सेवामा समर्पित विश्वका सारा नर्सहरुलाई स–सम्मान न्याय देओस्।
विश्वका स्वास्थ्यकर्मीहरुले युद्ध देख्नु र युद्धकर्मीहरुको उपचार गर्न नपरोस्। प्रकृति विनाश र त्यसले थोपरेको अप्रिय भाइरस, विपद र द्वन्द्वका विरामीहरुको उपचार गर्नु पनि नपरोस् किनभने यो हामी मानवबाट आमन्त्रित स्वास्थ्य समस्या हो। स्वस्थ प्रकृतिले स्वस्थ नागरिक आफैँ उत्पादन गर्नेछ। जुन अहिले नेपालमा नमूना नजिर छ । मानव विरामी नपरुन अस्पताल नधाउन् । नेपालमा अहिले जस्तो हाँसी खुशी, सुखी जीवनले सधै निरन्तरता पावस्।
विश्वका नर्सको शान्ति सुरक्षा र खुशीको प्रत्याभूति सबैराष्ट्रले गरुन । तबमात्र हामीले विश्व नर्स दिवसको उपलक्ष्यमा स–सम्मान ‘हार्दिक शुभकामना’ ‘सफलताको शुभकामना’ भन्ने हैसियत प्राप्त गर्नेछौं।
लेखक प्रकृति संरक्षणकर्मी र उद्धारकर्मी हुन्।
Facebook Comment