लकडाउन लम्बिएसँगै मनोसामाजिक समस्या बढ्दो

डिसी नेपाल
२८ वैशाख २०७७ १०:४८

काठमाडौं। विश्व महामारीका रुपमा रहेको कोभिड १९ यतिबेला बिश्वभर चिन्ताको बिषय भएको छ। नेपालमा पनि कोभिड १९ नियन्त्रण तथा रोकथामका लगि लकडाउन गरिएको धेरै समय बितिसकेको छ। लकडाउनका कारण यतिबेला सबैजसो मानिस प्रभावित बनेका छन्।

जसका कारण मानिसमा अन्य अवस्थामा भन्दा बढी मनोसामाजिक समस्या बढ्दै गइरहेको एक अध्ययनले देखाएको छ। कोभिड १९ र लकडाउनका कारण घरमा बसेका र संक्रमणको आशंकामा क्वारेन्टिनमा रहेकालाई यस्ता समस्याले गाँज्दै लगेको अध्ययनको निष्कर्ष छ।

मनोसामाजिक क्षेत्रमा काम गर्दै आएको बहुसांस्कृतिक मनोसामाजिक सस्था (टीपीओ) नेपालको समन्वयमा अनुसन्धानकर्ताले अप्रिल २३ देखि मे ३ सम्म १० दिन लगाएर गरेको अध्ययनमा यस्तो निष्कर्ष आएको हो। मनोसामाजिक क्षेत्रमा काम गर्दै आएका रमेशप्रसाद अधिकारी, अमनसेन गुप्ता, पिताम्बर कोइराला, सुरज कोइराला, राजन श्रेष्ठ र डाक्टर कमल गौतमको संयुक्त सहभागितामा गरिएको उक्त अध्ययनमा अनलाइनमार्फत नेपाल बाहिर र नेपालमा बस्नेहरु अध्ययनमा सहभागी भएका थिए।

अध्ययनको क्रममा आधा उत्तरदाताले कम्तीमा एउटा र ३२ प्रतिशतले दुई वा सोभन्दा बढी मनोसामाजिक समस्याबाट प्रभाबित भएको बताएका छन। मनोचिकित्सकका अनुसार कोभिड १९ संक्रमणको त्रासले मानिसमा जतिखेरै डरचिन्ता लाग्ने, भोकनिद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या भइरहेको छ।

कोभिड नयाँ रोग भएकाले नेपालमा अहिले यसको मानसिक पाटोबारे कुनै अध्ययन भइसकेको छैन। तर, मनोचिकित्सकले बिरामी हेरेको आधारमा यसले मानसिक रोगका नयाँ बिरामी थपिने बताएका छन्।

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) ले नेपालमा लकडाउन भएपछि दुई हजार १४ जनामा सोसल मिडिया सर्वेक्षण (२०२०) गर्दा १८ प्रतिशतमा सँधैजसो र ६२ प्रतिशतमा कहिलेकाही बेचैनी, १८ प्रतिशतमा सँधैजसो र ६२ प्रतिशतमा कहिलेकाँही डर र ३७ प्रतिशतमा सँधैजसो र ५५ प्रतिशतमा अन्यौलता साथै २९ प्रतिशतमा सँधैजसो र ५४ प्रतिशतमा उदासीनता देखिएको छ।

अध्यनमा महामारी रोग रोकथामका लागि अब सरकारले के के गर्नुपर्ला, लकडाउन खुलेपछि खतरा कतिको रहला,स्वास्थ्य परीक्षण, उपचार, सचेतनाका कार्यक्रम, सेवा, राहत र बीमालगायतको विषयहरु समावेश गरिएको थियो।

अध्ययनमा सहभागीका सख्यालाई हेर्दा ३८ प्रतिशतले राहत केही केही मानिसलाई मात्र बाँडेको बताएका छन् भने बीमासम्बन्धी पनि थोरै मानिसमात्र जानकार भएको पाइएको छ। टीपीओ नेपालकै हटलाइनमा पनि दिनहुँ कोभिड त्रासका कारण मनोसामाजिक समस्या लिएर फोन आउँछन। फोन गर्ने अधिकांशले डर लाग्ने, निद्रा नलाग्ने, हातखुट्टा झमझमाउने समस्या बताउने गरेको टीपीओ नेपालले जनाएको छ।

नेपालमा कोरोना संक्रमण हुनुअगावै यस्ता समस्या देखिएका थिए। त्यसैले टिपीओ नेपाले कोरोनाका बिरामी भर्ना हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकमा पनि मनोपरामर्श सेवा दिएको थियो। अस्पतालको आइसोलेसनमा बस्ने संक्रमितमा पनि यस्ता मनोसामाजिक समस्या देखिएमा थिए।

अध्ययनमा संलग्न डाक्टरका अनुसार अहिले देखिएका समस्या मानसिक रोगका सामान्य लक्षण मात्रै भएकाले मनोविमर्श, परामर्श या घरमै गर्न सकिने योगाले ठिक हुन सकिन्छ। घरेलु र प्राथमिक उपचार नपाए भोलि समस्या बढेर मानिस दैनिक क्रियाकलाप गर्न नसक्ने गम्भीर मानसिक रोगी बन्न सक्छन्।

जसलाई औषधि र उपचारले मात्रै निको बनाउन सक्छ। रोगको डरभन्दा पनि सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र गलत समाचारलाई सत्य मान्दा उनीहरूमा आत्तिने समस्या देखिएको बताउँछन।

अध्ययनका क्रममा सरकारले ल्याएको कोभिड १९ लाई रोकथाम गर्ने सम्बन्धमा सरकारलाई दिइएको सुझावमा जाँचको दायरा बढाउनुपर्ने र सामाजिक दुरी कायम गर्दै लकडाउन खुकुलो बनाृउदै लैजानुपर्नेमा जोड दिएका छन्।

सरकारले कोरोनालाई मात्रै पा्रथमिकता दिँदा मानसिसक रोगी ओझेलमा परेका छन।मनोसामाजिक समस्या न्युनिकरणमा सरकारले कोभिडबारे सही सूचना प्रवाह गरेर यस्ता समस्या न्यूनीकरणमा पहल गर्नुपर्ने ल लकडाृन बढ्दै जाँदा मनोसामाजिक समस्या पनि बढ्दै गएको देखिन्छ। यस्तो अवस्थामा सरकार तथा सम्बन्धीत निकायबाट छिटोभन्दा छिटो आवस्यक कदमहरु चाल्दै समयमा नै यसलाई सम्बोधन गर्दै जानुपर्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *