चिनियाँ पत्रकारलाई अमेरिकामा भिसामा कडाइ
काठमाडौं। अमेरिका र चीनबीच बढ्दो तनावका बीच अमेरिकाले चिनियाँ पत्रकारहरुलाई कडाइ गरेको छ । अमेरिकी पत्रकारमाथि चीनले गरेको व्यवहारको प्रतिक्रियास्वरुप अमेरिकाले पनि चिनियाँ पत्रकारहरुको लागि भिसा गाइडलाइनमा कडाइ गरेको छ । अमेरिकाले शुक्रबार चिनियाँ पत्रकारहरुको भिसा अवधि घटाइदिएको छ । अब चिनियाँ पत्रकारले ३ महिनाको लागि मात्र अमेरिकाको भिसा पाउनेछन् ।
अहिलेसम्म अमेरिकामा विदेशी पत्रकारहरुको लागि कुनै अवधि तोकिएको थिएन । तर, नयाँ गाइडलाइनमा भने चिनियाँ पत्रकारहरुलाई तीन महिनाभन्दा धेरै समय अमेरिकामा बस्न रोक लगाइएको छ । अमेरिकी गृह विभागले शुक्रबार यसको जानकारी दिँदै चिनियाँ पत्रकारहरुलाई उनीहरुको काम पूरा हुँदासम्मको लागि भिसा अवधि दिइने र यो अवधि ९० दिनभन्दा धेरैको नहुने उल्लेख गरेको छ ।
Facebook Comment