चिनियाँ मिडियाले नेपालको अन्तर्राष्ट्रिय गौरवमाथि नै धावा बोल्यो
काठमाडौं। नेपालमाथि भारतपछि अब चीनले पनि आक्रमण गरेको छ । भारतले भूमि अतिक्रमण गरेपछि नेपालमा भएको विरोध सेलाउन नपाउँदै चीनले नेपालको अन्तर्राष्ट्रिय गौरवमाथि नै धावा बोलेको सार्वजनिक भएको छ । भारतले नेपाली भूमि लिपुलेक हुँदै निर्माण गरेकै समयमा चीनको मिडियाले विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने दावी गरेको छ ।
In pictures?: An extraordinary sun halo was spotted Friday in the skies over Mount #Qomolangma, also known as Mount Everest, the world’s highest peak located in China’s #Tibet Autonomous Region pic.twitter.com/wATFz4DXzI
— CGTN (@CGTNOfficial) May 2, 2020
चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले ट्वीटरमा सगरमाथाका केही तस्वीरहरु पोस्ट गर्दै क्याप्सनमा सगरमाथा चीनको स्वायक्त क्षेत्र तिब्बतमा पर्ने लेखेको छ । सगरमाथामा घामको किरणबा बनेको ‘सन हालो’का केही तस्वीर पोस्ट गर्दै सीजीटिएनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ‘माउन्ट एभरेष्टको नामले पनि चिनिने, चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने विश्वको सर्वोच्च शिखर चोमोलोङमामाथि देखिएको सन हालो’ लेखेको छ ।
Facebook Comment