भारत चीन सीमामा झडप, ११ जना सैनिक घाइते
काठमाडौं। भारत र चीनको सीमा क्षेत्रमा सैनिकहरुबीच भिडन्त भएको छ । सिक्किमको भारत चीन सीमामा झडप भएको सैनिक स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ । शनिबार राती झडप भएको सेनाको दुई अधिकृतहरुले बताएको समाचारमा जनाइएको छ ।
नाकु ला क्षेत्रमा ५ हजार मिटरको उचाइमा भएको झडपमा दुवै तर्फका गरी ११ जना सैनिक घाइते भएको बताइएको छ । ४ जना भारतीय र ७ जना चिनियाँ सैनिक घाइते भएको ती अधिकारीले जानकारी दिए । झडपका क्रममा त्यहाँ दुवै तर्फका गरी १५० सैनिक थिए ।
प्रतिक्रिया
Facebook Comment