चीनविरुद्ध बोल्दा अस्ट्रेलिया संकटमा

डिसी नेपाल
२८ वैशाख २०७७ १५:१६

काठमाडौं। कोरोनाभाइरस महामारीका विषयमा चीनविरुद्ध बोल्दा अस्ट्रेलिया समस्यामा परेको छ । पछिल्ला समय अस्ट्रेलियाले कोरोनाभाइरसको उत्तपत्तिका विषयमा अमेरिकाको समर्थन गर्दै यसको जाँच हुनुपर्ने बताएको थियो । चीनले भने लगातार यसको खण्डन गरिरहेको थियो । यससँगै चिसिएको दुई देशबीचको सम्बन्धमा पछिल्लो समय झनै दरार बढेको छ ।

पछिल्लो समय चीनले अस्ट्रेलियाबाट आयात हुने जौमा भारी मात्रामा कर वृद्धि गर्ने तयारी थालेको छ । चीनले जौमा ८० प्रतिशतसम्म कर वृद्धि गर्ने तयारी थालेको हो । सिड्नी मर्निङ हेराल्डका अनुसार अस्ट्रेलियाका बाणिज्य मन्त्री सिमन बर्मिंघमले यो अन्यायपूर्ण करबाट आफू चिन्तित भएको बताएका छन् । चीन अस्ट्रेलियामा उत्पादन हुने जौको सबैभन्दा ठूलो आयातकर्ता हो । उसले अस्ट्रेलियामा उत्पादन हुने जौको झण्डै आधा हिस्सा खरिद गर्छ जसको मूल्य डेढदेखि २ अर्ब डलरसम्म हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *