‘चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनासम्बन्धी जानकारी लुकाउन भनेको थियो’

डिसी नेपाल
२८ वैशाख २०७७ १६:१४

काठमाडौं। चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरस सम्बन्धी जानकारी लुकाउन भनेको एक रिपोर्टमा दावी गरिएको छ । रिपोर्टका अनुसार चिनियाँ राष्ट्रपति शी जिनपिङले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडनह्यामलाई व्यक्तिगत रुपमा कोरोनाभाइरका विषयमा विश्वव्यापी चेतावनी जारी गर्न ढिलाइ गर्न भनेका थिए ।

जर्मनीको न्यूज म्यागजिन डेर स्पाइगेलले आफ्नो देशको गुप्तचर संगठनबाट प्राप्त जानकारीको हवाला दिँदै यस्तो दावी गरेको हो । जर्मनीको संघीय गुप्तचर एजेन्सीलाई बीएनडी पनि भनिन्छ । रिपोर्टमा दावी गरिएअनुसार बएिनडीले जानकारी दिएको छ कि जनवरीमा शी जिनपिङ र टेड्रोबीच कुराकानी भएको थियो ।

डेर स्पाइगेलले बिएनडीको हवाला दिँदै लेखेको छ – ‘२१ जनवरीमा चीनका राष्ट्रपति शी जिनपिङले डब्लुएचओ प्रमुख डेड्रोस एडनह्यामसँग भनेका थिए कि भाइरस मानिसबाट मानिसमा फैलिने जानकारी रोकेर राख्नु अनि महामारीको चेतावनी जारी गर्न ढिलाइ गर्नु ।’

रिपोर्ट प्रकाशित भएपछि डब्लुएचओले एक बयान जारी गर्दै यो निराधार र झुट भएको बताएको छ । डब्लुएचओले २१ जनवरीमा टेड्रोस र जिनपिङबीच कुरा नभएको र दुइले कहिल्यै फोनमा कुरा नगरेको बताएको छ। डब्लुएचओले यस प्रकारका रिपोर्टले कोरोना समाप्त गर्न काम गरिरहेको संगठन र विश्वको ध्यान भट्काउने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *