सरकारले बढायो पिसिआर परीक्षणको दायरा, २४ घण्टामा एक हजार ३१६ जनाको परिक्षण
काठमाडौं । सरकारले कोरोना सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरा बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिए ।
मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १६ हजार ८९८ र आरडिटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् ।
आइतबार कुनै पनि मानिस रेडजोनमा देखिएका छैनन् । शनिबारसम्म रेडजोनमा ३४० रहेका छन् । कोरोना भाइरस सङ्क्रमित ११० जना रहेका छन् । तीमध्ये ३१ जना ठीक घर फर्किएका छन् । प्रवक्ता देवकोटाले घर फर्किएकालाई व्यक्तिलाई सम्मान गर्न आग्रह गरे । साथै उनले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेअनुसार कोरोना बाहेकका नियमति स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरे ।
Facebook Comment