ओलम्पिक च्याम्पियन पावले योभानोविचले गरे आत्महत्या

डिसी नेपाल
२८ वैशाख २०७७ २०:२६

काठमाडौं । शीतकालिन ओलम्पिक २००६ बबस्लेघ प्रतियोगितामा अमेरिकाको प्रतिनिधित्व गर्ने पाभेल योभानोविचले आत्महत्या गरेका छन। उनी ४३ वर्षका थिए। अमेरिकी बबस्लेघ तथा स्केलेटन संघले शनिबार सो कुराको जानकारी दिएको छ ।

योवानोविचका टीमका पूर्व खेलाडी साथी तथा फेडरेशनका मुख्य कार्यकारी अधिकृत आरोन म्याकगुइरेले भने  “शीतकालिन खेलकुदको लागि यो एकदमै दुखःद खबर हो।”  उनले भने  “पावलेको जोश र बबस्लेघ प्रतिको प्रतिबद्धता उनीसंगका साथी खेलाडीहरू, प्रशिक्षकहरू, प्रतिद्वन्द्वीहरू र खेलका प्रशंसकहरूले देखेका छन र महसुस गरेका छन।”

“उनले आफ्नो जीवन जोसजागरका साथ बिताए र उनीसंग समय बिताउने सबैलाई कहिल्यै नर्बिसने सक्ने उनले प्रभाव पारेका छन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *