फुटबल संघका अध्यक्ष माथि महिला फुटबल खेलाडी द्धारा बलात्कारको आरोप

डिसी नेपाल
२८ वैशाख २०७७ २१:४०

काठमाडौं । क्यारेबियन देश हैटी फुटबल संघका अध्यक्ष यावेस जीन बार्टलाई एक महिला फुटबलरले बलात्कार गरेको आरोप लगाएकी छिन। पीडितले भनिन् “यावेसले धेरै महिला खेलाडीहरू लाई यौन शोषण गरेका छन। ती सबै पीडितले दबाबको कारण आवाज उठाउन सकेनन र गर्भपतन गराए ।”  हैटी पुलिसले घटनाको अनुसन्धान भइरहेको बताएको छ भने अर्कोतर्फ यावेसले ती आरोपहरू गलत रहेको र उनी सत्यको प्रतीक्षामा रहेको बताएका छन ।

बेलायतको पत्रिका गार्जियनले गत हप्ता यो घटनाको खुलासा गरेको छ । गार्जियनका अनुसार पोर्ट ए प्रिन्सको बाहिर फुटबल प्रशिक्षण केन्द्रमा बस्ने नाबालिग युवती हरूलाई गत ५ बर्षदेखी लगातार बलात्कार भईरहेको छ। उक्त पत्रिकाले बलात्कार पीडित युवतीलाई उद्धृत गर्दै भनेको छ कि हालमात्रै दुई जना नाबालिग युवतीले पनि गर्भपतन गराएकी छिन तर दबाबका कारण उनी अगाडि बोल्न सकिरेहकी छैनन ।

उक्त समयमा महिला संगठन सोफा र के फनमले भाइरल भइरहेको एक भिडियोलाई उद्धृत गर्दै भनेको छ कि यापेसले सो भिडीयोमा एक युवतीलाई गलत तरिकाले छोई रहेका छन । एक समाचार एजेन्सीले पनि एउटा भिडियो जारी गरेको छ। जसमा यावेस एक नाबालिग युवतीको छेउमा बसिरहेका छन्। सात मिनेटको उक्त भिडियो अन्तर्वार्तामा यावेसले केटीको काँधमा हात राखिरहेका छन ।

भिडीयोको बारेमा यावेसले भने  “यो भिडियो ३ बर्ष पहिलेको हो। उनले संघका तर्फबाट केटीलाई बधाई दिदैछन्। उनको काँधमा बुबा सम्झेर हात राखेको हो । यसलाई कसैले पनि बुझ्न सक्दैन। केवल खेलाडीले मात्र बुझ्न सक्दछन ।”

यावेसल भने “उनी करिब २० वर्षदेखि फेडरेशन सञ्चालन गर्दै आएका छन्। उनले भने कि उनी माथि धेरै गम्भीर आरोप लगाइएको छ। यसमा न केही गुनासो भएको छ न त कुनै पीडित अगाडि आएका छन। न त त्यहाँ कुनै साक्षी छ।” उनले बिहीबार जिल्ला अदालतमा हाजिर हुनु पर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *