अफगानिस्तान क्रिकेट बोर्डले लगायो शफाक माथि ६ बर्ष प्रतिबन्ध

डिसी नेपाल
२८ वैशाख २०७७ २२:३३

काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले विकेटकीपर ब्याट्सम्यान शफीउल्ला शफाकलाई एपीएल टी २० र बंगलादेश प्रिमियर लिग (बीपीएल) को दौरान भ्रष्ट गतिविधिमा संलग्न भएको आरोपमा सबै प्रकारका क्रिकेटबाट ६ बर्षको लागि प्रतिबन्ध लगाएको छ। सन २०१८ मा अफगानिस्तान प्रिमियर लिग (एपीएल) टी २० र २०१९ मा बीपीएलको समयमा एसीबी भ्रष्टाचार विरोधी कोड उल्लंघन सम्बन्धी चारै आरोपहरू शाफकले स्वीकार गरेका छन्।

एसीबीले एक विज्ञप्तिमा भन्यो शफाकलाई धारा २.१.१ उल्लंघनको आरोप लगाइएको छ । जुन फिक्सिंग सँग कुनै पनि तरिकाले सामेल हुने वा अनुचित रूपमा प्रभाव पार्ने अथवा सम्झौताको भएको पक्षसँग सम्बन्धित रहेको छ। यसमा जानाजानी खराब प्रदर्शन गर्नु पनि समावेश गरिएको छ ।

साथै शफाकलाई धारा २.१.३ को उल्लंघन र अन्य दुई आरोपहरु लगाइएको छ। ३० बर्षीय शफाकले अफगानिस्तानका लागि २४ एकदिवसीय र ४६ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल टी २० थियो जुन उनले सेप्टेम्बर २०१९ मा बंगलादेशको बिरूद्ध खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *