क्वारेन्टाइनमा बसेकी महिलासँग यौन सम्बन्धको माग, नमाने खाना नदिने धम्की

डिसी नेपाल
२९ वैशाख २०७७ ८:५२

काठमाडौं। कोरोना संक्रमण फैलिने आशंकामा क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग नाजायज माग गर्ने क्रम बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौन सम्बन्धको माग गरेका छन् । यो घटनापछि गाउँमा हंगामा भएको छ । महिलाको उजुरीपछि आरोपलिाई पक्राउ गरिएको छ ।

अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ । घटना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शारीरिक सम्बन्धको लागि दबाब दिएका हुन् । महिलाले यसको उजुरी पुलिसलाई दिएपछि पुलिसले आरोपीलाई पक्राउ गरेको छ ।

पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल मदिराको नशामा त्यहाँ आएर महिलालाई शारीरिक सम्बन्धको लागि दबाब दिएका थिए । उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने धम्की दिए । महिला आत्तिएर चिच्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गुनासोपछि पुलिसलाई खबर गरिएको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *