नेपालमा थप १० जनामा कोरोना पुष्टि

डिसी नेपाल
२९ वैशाख २०७७ ९:०८

काठमाडौँ । नेपालमा आज थप १० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (सोमबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

अधिकारीका अनुसार, कोरोना पोजेटिभ देखिनेहरुमा कपिलवस्तुको यशोधरा गउँपालिका–५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१ र ३४ वर्षीय पूरुषहरु र एक उमेर नखुलेका पुरुष रहेका छन् ।

उनीहरुको अवस्था अहिले सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमित भएकामध्ये हालसम्म ३१ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको अवस्थामा पनि सामान्य रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *