फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने संभावना
![फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने संभावना](https://www.dcnepal.com/wp-content/uploads/2020/05/tennish-scaled-1.jpg)
काठमाडौं । फ्रान्सेली टेनिस महासंघले कोभिड–१९का कारण स्थगित भएको फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने संभावनाबारे सुझाव दिएको छ ।
महासंघका अध्यक्ष बर्नार्ड गुइडिसीले व्यवसायिक मोडल अनुसरण गरेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी प्रतियोगिताको आयोजना गर्न सकिने विकल्प सुझाउनु भएको हो ।
विश्वकै प्रतिष्ठित र व्यवसायिक टेनिस प्रतियोगिता मध्येको एक फ्रेन्च ओपन जतिसक्दो छिटो खेलाउन सबै संभावनाहरुका बारेमा गृहकार्य गर्नुपर्ने अध्यक्षगुइडिसीले बताउनुभएको छ ।
स्वास्थ्य महामारिका कारण स्थगित भएको विश्व टेनिस ग्राण्डस्लामको दोस्रो स्थानमा रहेको फ्रेन्च ओपन यसै महिनाको अन्तिम देखि सेप्टेम्बर महिनासम्ममा गर्ने गरी पुनर्तालिका बनाइसकिएको छ ।
तर प्रतियोगिता कसरी गर्ने भन्ने बारेमा भने योजना बन्न बाँकी छ । कोरोना संक्रमणका कारण यसबर्षको विम्वल्डन प्रतियोगिता रद्ध गरिएको छ भने यूएस ओपन टेनिस जुन महिनामा गर्ने संभावनाबारेमा कुराकानी भइरहेको छ ।
Facebook Comment