चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई सोमबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभरअललगायतका सामग्री हस्तान्तरण गरेकी हुन् ।
यसअघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । केही दिनअघि स्वीस सरकारले पनि ३० हजार थान पिसिआर परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएको थियो ।
सो अवसरमा स्वास्थ्यमन्त्री ढकालले छिमेकी देश चीनले सङ्कटका बेला सहयोग गर्ने गरेको उल्लेख गर्दै आपत्का बेला छिमेकीले गरेको यो सहयोग अविस्मरणीय हुने बताए ।
चिनियाँ राजदूत यान्छीले केही महिनाअघि चीनलाई सङ्कट पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै अहिले नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।
पुरानो र थोत्रो चलन , backward चलन :- श्रीमती भन्दा श्रीमान उमेरमा बूढो हुना परनि ( भन्नाले , श्रीमान उमेर धेरै भएको , गरिब बाहुन हरुको भनाइ अनुसार , ” कान्छी हुन परनि श्रीमती ) . अनुसार :- नायिका साम्राज्ञी शाह र प्रेमी देवांशु जंगबहादुर राणाको जोड़ी मिलेछ ( 5 बर्ष जति जेठो होला ) . (१) अब हाम्रो राम्रो मनको बिचार अनुसार :- जोडी , या , लाइफ पार्टनर , जुन जसलाई मन पर्छ त्यसैलाई बनाउने हो। उमेरको फरक परन सक्छ , जे पनि हुन सक्छ। (२) केहि भैई परी आएमा , यस्तो त छदैछ नि :- 50 बर्ष उमेरको फरक बिहे गरेको रहिच भने पनि , जे जति उमेर सँगै सँगै बितायो , यदि मरनु भाउनु भएमा , फेरी अर्को गर्दा पनि हुन्छ। त्यसैले , खासै फरक पर्दैन। (३) यो बिश्व मा, आफ्नै छोराको साथीसंग बिहे गरेको नारीहरु पनि धेरै नै छन् ( हुना त छोराको साथी संग बिहे गर्न हुन्छ , हाड नाता हैना )