भारतबाट लुकिछिपि आएका ७५ जना क्वारेण्टाइनमा

डिसी नेपाल
२९ वैशाख २०७७ २२:२४

कञ्चनपुर । भारतको वनवासा क्षेत्रबाट सीमा नाकामा लुकिछिपि प्रवेश गरेका ७५ जना नेपालीलाई भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएको छ ।

गएराती सीमा क्षेत्रमा लुकिछिपि आएका सबैलाई नियन्त्रणमा लिई क्वारेण्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बताए । लुकिछिपि आउनेमा चार महिला समेत रहेका छन । उनीहरु भारतीय क्वारेण्टाइनमा बस्दै आएको व्यक्ति भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *