असुरक्षित यौन सम्पर्कबाट कोरोना संक्रमण हुन सक्ने खुलासा

डिसी नेपाल
३० वैशाख २०७७ ९:१८

काठमाडौं। कोरोना भाइरस संक्रमितको शुक्रकिटसम्म भाइरस पुगेको छ। यसको पुष्टि चीनमा गरिएको एक अध्ययनका क्रममा भएको हो। चिनियाँ शोधकर्ताहरुका अनुसार ३८ जना कोरोना संक्रमितमाथि रिचर्ज गरिएको थियो।

उक्त अध्ययनको रिपोर्टमा १६ प्रतिशत बिमारीको शुक्रकिटमा कोरोना भाइरस फेला परेको थियो। उक्त अध्ययनमा यौन सम्पर्कका क्रममा पनि कोरोना भाइरस संक्रमण फैलिन सक्ने उल्लेख गरिएको छ। एक अन्या शोधमा पनि कोरोना भाइरस मानिसको मलमा पनि कयौं दिनसम्म जीवित रहने उल्लेख गरिएको थियो।

चीको सेंगक्यू म्युनिसिफल अस्पतालमा भएको अध्ययनका अनुसार सोक निकै कम मानिसमा गरिएपनि त्यसको नतिजालाई जनरअन्दाज गर्न मिल्दैन। यो शोध अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित भएको छ। जसमा सोधकर्ताहरुले कोरोना संक्रमणबाट बच्न सेक्सुअल ट्रान्समिशनले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।

शोधकर्ताहरुका अनुसार वर्तमान अवस्थामा कोरोनाबाट बच्नका लागि धेरै तरिका अपनाइएको छ, र यो शोधको नजिताले नयाँ जानकारी दिएर कोरोनाबाट सुरक्षित रहन सहयोग गर्नेछ। अब शोधर्ता लक्ष्य भाइरस शरीरमा बसरी बस्छ र कति दिनसम्म जीवित रहन्छ भनेर पत्ता लगाउनु हुनेछ।

कोरोना भाइरस मानिसको मलमा पनि कयौं हप्ता जीववत रहन सक्ने एक अध्ययनले देखाएको छ। संक्रमित व्यक्ति निको भएपनि केही हप्तासम्म उसको मलमा कोरोना भाइरस जीवित रहन सक्छ। र त्यो मलमा यदि झिँगा बस्यो भने झिँगाले कोरोना भाइरस सार्न बाहकको काम गर्न सक्ने अध्ययनले देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *