ह्वाइट हाउसमा मास्क लगाउनु अनिवार्य तर ट्रम्पका लागि होइन
काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपका कारण अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा मास्क लगाउनु अनिवार्य गरिएको छ । अधिकारीहरुलाई ह्वाइट हाउसको वेष्ट विंगमा जाँदा मास्क लगाउनु अनिवार्य गरिएको छ । तर, राष्ट्रपति ट्रम्पले भने यो आदेश आफ्नो लागि नभएको भन्दै मास्क लगाउन अस्वीकार गरेका छन् । ट्रम्पले आफू सबै भन्दा टाढा रहेको भन्दै मास्क लगाउन अस्वीकार गरेका हुन् ।
एक हप्ताभित्र ह्वाइट हाउसका २ अधिकारी कोरोना पोजेटिभ पाइएका छन् । त्यसपछि यस्तो आदेश दिइएको हो । मंगलबार मिडिया ब्रिफिङका क्रममा ट्रम्प बिना मास्क देखिए । उनले ह्वाइट हाउसमा हरेक दिन सयौं मानिसहरु आउने भएकोले यस्तो निर्णय गरिएको बताए । उनले कोरोना नियन्त्रणमा आफूहरुले राम्रो काम गरिरहेको बताए । कोरोनाभाइरसलाई अदृश्य दुश्मन बताउँदै ट्रम्पले यो हप्ता देशभर एक करोड जनाको टेस्ट गरिने बताए । यो कुनै पनि अर्को देशको भन्दा दुई गुणा धेरै हो ।
Facebook Comment