नेपाली भूमिमा भारतले सडक बनाएको प्रति क्षत्री समाजको आपत्ति
काठमाडौं। भारतले नेपाली भूमिभित्र सडक निर्माण गरेको भन्दै क्षत्री समाजले आपत्ति जनाएको छ।
इतिहास देखि नै नेपाल र भारतबीच सुमधुर सम्बन्ध भएपनि भारतले विगतदेखि नै तराई क्षेत्र र पश्चिमी क्षेत्रको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत भूभाग अतिक्रमण गर्दै आएको दुई देशबीचको सम्बन्धमा भावनात्मक असर पर्दै आएको क्षेत्री समाजले जनाएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै समाजले भनेको छ, ‘लामो समयदेखि विभिन्न क्षेत्रमा समिा रेखालाई नाघेर भारतीय पक्षबाट नेपाली भूभागमाथि कब्जा जमाउने, नेपालीलाई आफ्नो घरबाट खेद्ने, सीमा क्षेत्रमा अग्ला बाँधहरु ठड्याएर नेपाली भूभागलाई डुवानमा पार्ने जस्ता अत्यन्त अमानवीय, दुव्र्यवहारपूर्ण र खेदजनक कार्यहरु हुँदै आएका छन्।’
क्षत्री समाजले कोरोना भाइरसबाट विश्व नै आक्रान्त भइरहेका बेला भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनका सिमानासम्म सकड निर्माण गरी उद्घाटन गर्नुले राष्ट्रवादी नेपालीलाई आन्दोलित बनाएको जनाएको छ।
क्षत्री समाजले जारीगरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘भारतले सन २००८ देखि नै सडक निर्माण शुरु गरि सम्पन्न समेत गरेर उद्घाटन गरिसक्दाको अवस्थासम्म पनि नेपाल सरकारको ध्यानाकर्षण हुन नसक्नु जस्तो गैर जिम्मेवारी एवँ नालायकीपनप्रति क्षत्री समाज नेपाल घोर आपत्ति प्रकट गर्दछ। साथै विस्तारवादी भारत सरकारको उक्त कदमप्रति घोर भत्र्सना गर्दछ ।’
लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण सम्पन्न गरि सकेको कि हुँदै गरेको र अस्ति उद्घाटन मात्र भयको हो? कुरा स्पष्ट भयन! परराष्ट्र मन्त्रीले दियको काइते वक्तव्य र भाषणले पनि केहि स्पष्ट भयन। यसरि दुइ चार जना मात्र राष्ट्रवादी नागरिकले विरोध प्रदर्शन गरेर प्रहरीद्वारा नियन्त्रित हुनु भन्दा मोबाइल फोनमा एक संदेश दुइ संदेश मैदान हुँदै पुरै काठमाडौँ शहर भरिका नागरिकहरुलाइ लैनचौरमा बोलायर घेराउ गरेर विरोध प्रदर्शन गर्ने तरिका अपनायामा नेपालका र भारतका कुटनीतिक र राजनीतिक व्यक्तिहरुको मुटुमा ढ्यांग्रो बज्ने थियो किनकि कोरोना भाई-रस बाट नडराउने गोर्खाली प्रतिरोध शक्ति भयको प्रमाणित भयका नेपाली नागरिकहरुदेखि नेपालका प्रहरी त् के ?????????????????? समेत त्राहिम्माम भयर भाग्ने थिय !