डेढ घण्टामै शेयर कारोबार बन्द
काठमाडौं । ४९ दिनपछि मंगलबार खुलेको शेयर बजार डेढ घण्टामा नै बन्द भएको छ । शेयर बजार मापक (नेप्से) सूचक २ प्रतिशतले घटेपछि बजार आजका लागि बन्द गरिएको नेप्सेले जनाएको छ ।
कारोबारको सुरु देखि नै ओरालो लागेको बजारमा कारोबार सुरु भएको १ घन्टा २६ मिनेटमा २.०२ प्रतिशतले ले घटेको हो । मंगलबार कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से २५.३० अंकले घटेर १२२६.१६ अंकमा झरेको छ । यस अवधिमा ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयरबाट १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनसँगै शेयर बजार पनि बन्द गरिएको थियो । सरकारले औद्योगीक कामका लागि लकडाउन खुकुलो बनाएसँगै ४९ दिनपछि बजार खुलेको हो । नेप्सेले असामान्य अवस्थामा २ प्रतिशत भन्दा बढिले बजार ओरालो लागेमा त्यस दिनका लागि कारोबार बन्द गर्ने गरी बजार खोलेको हो।
Facebook Comment