नेपालमा एकै दिन ५७ जना नयाँ संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

डिसी नेपाल
३० वैशाख २०७७ १३:२९

काठमाडौं। नेपालमा मंगलबार ५७ जना संक्रमित थपिएका छन् । यो संख्या एकै दिनमा संक्रमित थपिएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पर्सामा मात्रै ३९ जना थपिएका छन् । थपिएका संक्रमित सवै पुरुष हुन् ।

कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै, नेपालमा संक्रमित संख्या १९१ पुगेको छ । यस मध्ये ३३ जना बिरामी निको भएर घर फर्किएका छन् ।

सोमवार थपिएका २४ जना मध्ये १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *