महिला एकदिवसीय र पुरुष अण्डर १९ विश्वकप छनौट स्थगित

डिसी नेपाल
३० वैशाख २०७७ १७:०२

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला एकदिवसीय विश्वकप २०२१ र पुरुष अण्डर १९ वर्ल्ड कप २०२२ को छनौट खेल कोरोना भाइरसका कारण स्थगित गरेको जनाएको छ। आईसीसीले प्रतियोगिता हरुको अर्को मिति जनाएको छैन । महिला विश्व कपका लागि १० टिमहरू बीच सम्पूर्ण छनौट खेलहरू श्रीलंकामा जुलाई ३ देखि १९ सम्म आयोजना गर्ने तय भएको थियो । अण्डर १९ छनौटमा खेलहरु २४ देखी ३० जुलाई सम्म डेनमार्कमा निर्धारित गरिएको थियो।

महिला विश्व कप आगामी फेब्रुअरी ६ देखि ७ मार्च सम्म न्युजील्यान्डमा आयोजना हुदैछ। यसका लागि छनौट प्रतिस्पर्धामा १० टिमहरू श्रीलंका, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड, पाकिस्तान, पापुआ न्यूगिनी, थाइल्याण्ड, अमेरिका, वेस्टइन्डिज र जिम्बावे रहेका छन ।

आईसीसी प्रमुख क्रिस टेटलीले भने, कोरोना भाइरसका कारण विश्वव्यापी यात्रा गर्न प्रतिबन्धित छ। स्वास्थ्य अवस्था गम्भीर छ। यी सबै पक्षहरुमा प्रशासक र जनस्वास्थ्य प्राधिकरणको छलफल र सल्लाह पछि यो निर्णय भएको हो। खेलहरुको नया मिति अर्को आदेश पछि सार्वजनिक गरिनेछ ।
https://www.facebook.com/icc/posts/3385563994796006:0




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *