धादिङमा भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन
धादिङ। भारतले एकतर्फी रूपमा नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने सडक बनाएको विरोधमा धादिङ पनि विरोध प्रर्दशन भएको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौदीमा भारतविरुद्ध गरिएको विरोध प्रर्दशनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ ।
राष्ट्रबादी युवा समुह चरौँदीले भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो। नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोेध प्रदर्शन गरेका छन् । यूवाहरुले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।
भारतिय बिस्तारवाद, मुर्दावाद लगायतका नारा प्रदर्शन गरि यूवाहरुले विरोध जनाएका थिए । राजनीतिक मुद्धा नभई देशको माटो जोगाउने पक्षमा यस क्षेत्रका यूवाहरु एकजुट भई विरोधमा उत्रिएका थिए । कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतिय बिस्तारवाद मुर्दावादको नारा लगाउँदै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको हो । प्रदर्शनमा बालकदेखि बृद्धसम्मको उपस्थिती थियो ।
Facebook Comment