मेस्सीले कोरोना भाइरस बिरूद्धको लडाईमा सहयोग गरे ५ लाख युरो
काठमाडौं । स्पेनको फुटबल क्लब बार्सिलोनाका कप्तान र अर्जेन्टिना राष्ट्रिय टोलीका लागि खेलिरहेका स्टार खिलाडी लियोनेल मेस्सीले कोरोना भाइरस बिरूद्ध लड्न ५ लाख युरो सहयोग गरेका छन्। समाचार एजेन्सी सिन्हुआको एक रिपोर्ट अनुसार, ब्युनोस आयर्स फाउन्डेसनका कासा गार्हानले मेस्सीले ५ लाख युरो सहयोग गरेको बताएका छन । यो रकम पीपीई किटहरूका साथै स्वास्थ्यकर्मी हरूलाई सबै सुरक्षाका सामाग्रीहरु प्रदान गर्न सहयोग गरिएको जनाईएको छ ।
“हामी हाम्रो कार्यबलको यो मान्यताका लागि आभारी छौं जसले हामीलाई अर्जेन्टिनाको सार्वजनिक स्वास्थ्यप्रति हाम्रो प्रतिबद्धता जारी राख्न अनुमति दियो” कासा गारहानका कार्यकारी निर्देशक सिल्भिया कसाबले एक विज्ञप्तिमा भने।
मेस्सीले फाउन्डेसनलाई सान्टा फे र ब्युनोस आयर्स प्रान्तका अस्पतालहरू र ब्युनोस आयर्सको स्वायत्त शहरका लागि श्वासप्रश्वासक यन्त्र, इन्फ्यूजन पम्पहरू र कम्प्युटरहरू खरीद गर्न अनुमति दिएका छन । उच्च आवृत्ति भेंटिलेसन उपकरण र अन्य सुरक्षा वस्तुहरू चाँडै नै अस्पतालहरू लाई पुर्याइनेछ। यसले यस खतरनाक संक्रमण सँग संघर्ष गरिरहेका धेरै मानिसहरूलाई फाइदा पुग्छ।
अर्जेन्टिनाका स्टार फुटबलर मेस्सीले यो भन्दा अगाडी बार्सिलोनाको एउटा अस्पताललाई कोरोना भाइरस सँग लड्न १ मिलियन यूरो सहयोग गरेका थिए। मेस्सीले यो रकम अस्पताल क्लिनिकहरू र सार्वजनिक अस्पतालहरूलाई दिएका थिए । जसको जानकारी अस्पतालले ट्विटरमा बाट दिएको थियो ।
Facebook Comment