थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

डिसी नेपाल
३० वैशाख २०७७ २२:२८

काठमाडौं । मंगलबार साँझ नेपालमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ।

संक्रमित हुनेमा पर्सामा सबैभन्दा धेरै १८ जना रहेका छन् जसमध्ये ६ जना महिला तथा तथा १२ जना पुरुषहरु रहेका छन्। यस्तै महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना देखिएको छ भने काठमाडौं र सर्लाहीका एक/एक जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *