क्रिकेटर हेन्सी क्रोन्जेका पिता एवी क्रोन्जेको निधन
काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्व कप्तान हेन्सी क्रोन्जेका बुवा एवी क्रोन्जेको निधन भएको छ । ८० वर्षीय क्रोन्जे क्यान्सरबाट पीडित थिए ।
क्रोन्जेले ‘फ्री स्टेट’ का लागि सन् १९६० देखि सन् १९७१ सम्म २७ वटा प्रथम श्रेणिको क्रिकेट खेलेका थिए । उनले ‘फ्री स्टेट विश्वविद्यालय’ मा क्रिकेटको विकास र उत्थानको लागि ठूलो योगदान गरेका थिए । क्रिकेट प्रशासन सञ्चालनको खुबी भएका क्रोन्जे सन् १९८३ देखि १९९० सम्म स्टेट क्रिकेट यूनियनका अध्यक्ष समेत भएका थिए ।
पूर्वकप्तान हेन्सी क्रोन्जेका बुवा एवीले दक्षिण अफ्रिकाका केही शिर्ष क्रिकेटर एलन डोनाल्ड, कोरी भान जिल र बोएटा दिपेनारको परामर्शदाताको भूमिका समेत निर्वाह गरेका थिए । हेन्सी क्रोन्जे म्याच फिक्सिङ्ग प्रकरणमा जोडिदा बुवा एवी हेन्सीसँगै उभिएका थिए । सन् २०१२ मा एवीलाई क्रिकेट साउथ अफ्रिकाले जिवनकालीन उपलब्धी सम्मानबाट विभूषित गरेको थियो ।
एवी क्रोन्जेकी एक श्रीमति, एक छोरा र एक छोरी छन् ।
Facebook Comment