अहिलेसम्म देखिएको छैन यी देशमा कोरोना
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ । कोरोना भाइरसकै कारण विश्वभर २ लाख ९२ हजार ८२९ जना मानिसको ज्यान गइसकेको छ ।
आज बैशाख ३१ गते (बुधबार)सम्म कोरोनाको ४३ लाख ४१ हजार ७२० जना संक्रमित भएका छन् ।
तर, हालसम्म विश्वका चार वटा देशमा भने कोरोना भाइरसको संक्रमण देखिएको छैन।
कोरोनाका कारण विश्वका अधिकांस देश लकडाउनमा रहेका बेला लेसोथो, तुर्कमेनिस्तान र उत्तर कोरियाले हालसम्म आफ्नो देशमा कोरोना संक्रमित रहेकोबारे औपचारिक रुपमा कुनै जानकारी गराएका छैनन् ।
विश्वभर संयुक्त राष्ट्रसंघमा सूचीकृत १९५ देश भएपनि एकबाट अर्कोमा टुक्रिएसँगै देशहरुको संख्या २३२ रहेको छ ।
यस्तै, पछिल्लो समय नेपालमा पनि कोरोनाको संक्रमण बढेको छ। हालसम्म नेपालमा २२८ जनामा कोरोना पुष्टि भएको छ ।
Facebook Comment