२४ घण्टामा ७५ हजार बढी संक्रमित निको, कुन देशमा कति ? (तालिका)

डिसी नेपाल
३१ वैशाख २०७७ ८:४१

काठमाडौँ । पछिल्ले २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना (कोभिड १२९) संक्रमित उपचार पछि घर फर्किएका छन् ।

मंगलबार एकै दिन विश्वभरका ७५ हजार ४६६ जना संक्रक्रमित कोरोना निको भएर घर फर्किएका हुन् । यो सँगै निको हुने कोरोना संक्रमितको संख्या १६ लाख २ हजार ४४१ पुगेको छ । बुधबार निको हुनेको संख्या दैनिक निको मध्ये अहिलेसम्मकै धेरै हो ।

कोरोनाको केन्द्रबिन्दू बनेको अमेरिकामा २ लाख ९६ हजार ७४६ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार मात्रै अमेरिकामा ३४ हजार ५२१ संक्रमित निको भएका छन् ।

अमेरिकामा अहिलेसम्म १४ लाख भन्दा बढी कोरोना संक्रमित भएका छन् ।

यस्तै, स्पेनमा १ लाख ८० हजार ४७०, रसियामा ४३ हजार ५१२, इटली १ लाख ९ हजार ३९, फ्रान्समा ५७ हजार ७८५, जर्मनीमा १ लाख ४७ हजार २०० तथा टर्कीमा ९८ हजार ८८९ जना संक्रमित निको भएका छन् ।

७४ हजार २९२ जना कोरोना संक्रमित भएको भारतमा २४ हजार ४२०, इरानमा ८८ हजार ३५७, चीनमा ७८ हजार १७१, क्यानडामा ३४ हजार ४२, बेल्जियममा १३ हजार ७३२ तथा साउदी अरबमा १५ हजार २५७ जना निको भएका छन् । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *