चिनियाँ एयरफोर्सको जहाज काठमाडौंमा, चिनियाँ सेनाले नेपाली सेनालाई पठायो स्वास्थ्य सामग्री

डिसी नेपाल
३१ वैशाख २०७७ १०:३५

काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहायतास्वरुप ४४ सय ५० केजी स्वास्थ्य सामग्री पठाएको छ । सो सामग्री बोकेर चिनियाँ सेनाको एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा केहीबेर अगाडि आइपुगेको छ ।

चाइना एयरफोर्स सीएएफ ०४३ कल साइनको सो जहास आज चीनको छेङ्दु शहरबाट काठमाडौं आएको हो। चिनियाँ सेनाको जहाज आउने भएपछि काठमाडौं स्थित चिनियाँ दूतावासमा कार्यरत सैनिक सहचारी चिनियाँ सेनाका लेफ्टिनेन्ट कर्णेल सोंग जुन सामानबारे बुझ्न र नेपाली सेनालाई हस्तान्तरण गर्न विमानास्थल पुगेका थिए । कर्णेल जुनले ती सामानहरु नेपाली सेनाका सहयाक रथी जर्नेल सन्तोष बल्लभ पौडेललाई हस्तान्तरण गरेका छन् ।

डिसी नेपाललाई प्राप्त विवरणअनुसार, ४४ सय ४५ केजी स्वास्थ्य सामग्रीहरुमा सर्जिकल मास्क, डिस्पोजेवल मेडिकल मास्क, केएन ९५ मास्क, डिस्पोजेबल प्रोटेक्टिभ स्क्रीन, मेडिकल गगल्स, मेडिकल बुट कभर, टेम्प्रिमोमिटर मेजरमेन्ट हेल्मेट, मेडिकल वाटर प्रुफ डिस्पोजेबल प्रोटेक्टिम क्लोथिंग, नाइट्राइल डिस्पोजेबल ग्लोभ, व्यागप्याक डिसइन्फेक्टेन्ट स्प्रे १६ एल, इन्फ्रा रेड फोरहेड थर्मोमिटर, डिस्पोजेवल वान पिस प्रोटेक्टिभ क्लोथिंग, इन्फ्युजन पम्पहरु र थर्मल इमेजिंगसहितका सामग्रीहरु चिनियां सेनाले नेपाली सेनालाई पठाएको छ ।

समाचारअनुसार यी सामाग्रीहरु चिनियाँ सेनाले नेपाली सेनाका लागि पठाएका सहायता सामाग्री हुन् । नेपाली सेनाले खरिद गर्ने भनिएका सामानहरु भने अझै आइपुग्ने टुंगो भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *