अर्कै प्रयोजनका लागि दिएको औषधीले कोरोनाभाइरसबाट बचाएपछि…
काठमाडौं। करिब ३ हप्ता पहिले अमेरिकामा कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरहरुलाई एउटा नयाँ समस्याले सताएको थियो । संक्रमित बिरामीहरुको रगत जकिरहेको थियो । डाक्टरहरुले ती बिरामीलाई रगत पातलो बनाउने औषधी दिन सुरु गरे । अहिले नयाँ अध्ययनमा यो औषधी रगत पातलो बनाउन मात्र नभइ कोरोनाभाइरसको उपचारमै जीवनरक्षक भएको खुलासा भएको छ ।
जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजकिो रिपोर्टमा यो अध्ययनको निष्कर्ष प्रकाशित गरिएको छ । यो शोधपत्र लेख्ने वैज्ञानिक डा. भ्यालेन्टिम फस्टरले बताएअनुसार कोरोनाका गम्भीर बिरामीको शरीरमा रगतका ढिक्का बनिरहेका थिए । यसरी रगत जम्दा ज्यानै जाने खतरा देखिएपछि उनीहरुलाई रगत पातलो बनाउने औषधी दिइएको थियो । अहिले रगत पातलो बनाउने औषधीबाट आधा बिरामीको ज्यान बचाइँदैछ ।
डा. फस्टर अमेरिकाको माउन्ट सिनाइ कार्डियोभास्कुलर इन्स्टिच्युटका प्रमुख पनि हुन् । डा. फस्टरका अनुसार रगत पातलो बनाउने औषधी दिइएका बिरामीहरुमा मृत्युदर घटेर आधा भएको छ । यो औषधी नपाएका बिरामीहरु भने मरेका छन् । रगत पातलो बनाउने औषधीका कारण गम्भीर बिरामीको सर्भइभल रेट बढेको छ ।
Facebook Comment