अमेरिकाको आकाशमा चीनको रकेट !

डिसी नेपाल
३१ वैशाख २०७७ १२:३४

काठमाडौं। चीनले ५ मेका दिन आफ्नो चन्द्रमा मिशनको लागि तयार गरिएको रकेट सीजेड ५ बी र प्रोटोटाइप स्पेसक्राफ्टलाई सफलतापूर्वक अन्तरिक्षमा पठाएको थियो । तर, ६ दिनपछि ११ मेका दिन यो रकेट अमेरिकाको न्यूयोर्कको सेन्ट्रल पार्क र हलिउडको माथिबाट हुँदै एटलान्टिक महासागरमा खस्यो । अन्तरिक्षबाट खसेको यो स्पेसक्राफ्टमा चीनको कुनै नियन्त्रण थिएन । यदि यो आफ्नो दिशाबाट अलिकति पनि चकेर जमिनमा खसेको भए न्यूयोर्क र हलिउडमा ठूलो विनाश गर्न सक्थ्यो ।

यो स्पेसक्राफ्ट १०० फिट लामो र १७ हजार ८०० किलो तौलको थियो । हार्वर्ड एण्ड स्मिथसोनियन सेन्टरका अन्तरिक्ष विज्ञानी जोनाथन म्याकडवेलका अनुसार यो रकेट न्यूयोर्कबाट केवल १७० किलोमिटर माथिबाट गएको थियो । त्यसपछि यो नोकचाट नजिकै एटलान्टिक महासागरमा खस्यो । चीनले ५ मेमा हेनान प्रान्तस्थित वेनचांग लन्च प्याडबाट यो अन्तरिक्षयान पठाएको थियो । यो रकेटसँगै पठाइएको स्पेसशिप ८ मेमा सफलतापूर्वक पृथ्वीमा फर्केको थियो तर रकेट अन्तरिक्षमै थियो । कार्गो रिटर्न क्याप्सुल पनि सफलतापूर्वक रकेटबाट अलग भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *