प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
भारतले नेपाली भूमिभित्र सडक बनाएर चीनको सिमानासम्म पुर्याएपछि सो विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्व प्रधानमन्त्रीलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
आज दिउसो ४:३० बजे सम्माननीय प्रधानमन्त्री ज्यूले बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको छ। उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्री ज्यूहरूलाई आमन्त्रण गरिएको छ।
— Bishnu Rimal (@BishnuRimal) May 13, 2020
प्रतिक्रिया
Facebook Comment