३ वर्षअघि मरिसकेका छोरा कोरोनाभाइरसले जिउँदो भएपछि …

डिसी नेपाल
३१ वैशाख २०७७ १५:३१

काठमाडौं। कोरोनाभाइरस विश्वव्यापी संकटको कारण बनेको छ । यसका कारण कैयौं मानिसहरुले परिवारका सदस्य गुमाएका छन् । लाखौंको संख्यामा मानिसहरुले यो भाइरसका कारण ज्यान गुमाएका छन् । तर, एकातिर लाखौंको विछोड गराइरहेको यो महामारीले एक परिवारलाई भने मरिसकेका छोरा फर्कादियो । परिवारले लाशको अन्तिम संकार पनि गरिसकेका छोरा लकडाउनका क्रममा फर्केर आएका छन् ।

भारतको मध्य प्रदेशको छतरपुरमा एक परिवारका मरिसकेका छोरा जिउँदै फर्किए । छतरपुर जिल्लाको बिजावर इलाकामा ३ वर्ष पहिले मौनासइया जंगलमा एक कंकाल भेटिएको थियो । यो कंकालको पहिचान यहाँका स्थानीय भगोला आदिवासी नामका व्यक्तिले आफ्नो छोराको रुपमा गरेका थिए । भगोलाले त्यो कंकालको अन्तिम संस्कार आफ्नो छोराको रुपमा गरेका थिए ।

अहिले लकडाउनका क्रममा कैयौं मजदूर गाउँ फर्किरहेका बेला भगोलाका छोरा उदय आदिवासी पनि जिउँदै घर पुगेपछि गाउँलेहरु चकित परे । पिताले जुन छोरालाई मरेको सम्झेर अन्तिम संस्कार गरेका थिए त्यही छोरा जिउँदै अगाडि उभिएका थिए । यी पिताले फर्किएका छोरालाई पुलिस चौकीमा लगेर पुलिसलाई जुन वास्तविकता बताए त्यसले पुलिस पनि चकित परेको छ ।

तीन वर्ष पहिले आफ्नो परिवारसँग रिसाएर उदय हरियाणाको गुरुग्राम गएका थिए । त्यहाँ उनले एक कारखानामा काम गर्न थाले । लकडाउन भएपछि उनी घर फर्के । युवक फर्केसँगै पुलिसको लागि नयाँ टाउको दुखाइ थपिएको छ । परिवारले मरेको सम्झिएका युवक जिउँदै भेटिएपछि तीन वर्षअघि अन्तिम संस्कार गरिएको कंकाल कसको थियो भन्ने नयाँ खोजीको विषय बनेको छ । पुलिसले बन्द गरिसकेको फाइल खोलेर पुनः कंकालबारे अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *