चैनपुरमा गर्भवती र सुत्केरीलाई राहत

डिसी नेपाल
३१ वैशाख २०७७ १६:५९

खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिकामा सुत्केरी तथा गर्भवती महिलालाई राहत वितरण गरिएको छ । चैनपुर नगरपालिकाको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा चैनपुरका सबै वडामा निम्न आयस्तर भएका सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरिरहेको समितिका अध्यक्ष लवकुमार श्रेष्ठले जानकारी दिए ।

समितले पोषणयुक्त खानेकुरासहितको राहत उपलब्ध गराएको हो । सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, गेडागुडी, तेल, नुन र ज्वानोलगायताका राहत सहयोग गरेको उनले बताए। यसैगरी कोभिड–१९ सुरक्षा सामग्री साबुन, मास्क र सुत्केरी महिलाका लागि स्यानेटरी प्याडसमेत वितरण गरिएको छ । यसरी वितरण गरिएको राहत प्रतिगर्भवती महिलालाई रु दुई हजार ७५० र सुत्केरी महिलालाई रु १३० बराबरको स्यानेटरी प्याड थप गरी रु दुई हजार ८८० बराबरको रकम पर्न आउने ध्यक्ष श्रेष्ठको भनाइ छ ।

सामाजिक दूरी कायम गर्दै नगरको ११ वटै वडामा रहेका १५३ सुत्केरी तथा गर्भवती महिलालाई राहत वितरण गर्ने समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *