जनता कोरोनाको सन्त्रासमा, प्रधानमन्त्री सत्ताको खेलमा : नेपाली कांग्रेस

डिसी नेपाल
३१ वैशाख २०७७ १७:२२

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली काग्रेसले जनता कोरोनासँग लडिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको खेलमा लागेको निष्कर्ष निकालेको छ । लकडाउनको ५०औं दिनको समिक्षा गर्दै कांग्रेसले नागरिक कोरोनाको सन्त्रासमा भएका बेला प्रधानमन्त्रीले रत्ताको खेल खेलेको आरोप लगाएको छ ।

कांग्रेसले ५० दिनको समिक्षाको बारेमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले इतिहासकै गैह्र जिम्मेवारीपूर्ण कदम चालेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘लक डाउनको ५० दिन पुग्दासम्म हरेक दिन नागरिकका लागि सन्त्रासको दिन रह्यो । तर, देशको प्रधानमन्त्री भने यस्तो समयमा पनि सत्ताको खेलमा संलग्न रहनु लज्जास्पद मात्रै थिएन, जनताको जीवन जोखीममा रहेका बेला इतिहासकै एक गैह्र जिम्मेवारीपूर्ण कदम थियो।’

‘एकातर्फ स्वास्थ सामग्रीदेखि राहतको सामग्रीसम्म अभाव अर्कातर्फ औचित्यहिन अध्यादेश देखि सांसद अपहरणको मुद्दा सम्ममा प्रधानमन्त्रीको नाम । कोरोनासंग सिंगो देश एक भएर जुधिरहेका बेला भएको यो खेलले शासन गर्ने नैतिक र राजनैतिक आधार यो सरकारको समाप्त ग¥यो।’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संक्रमितको संख्यामा छलाङ† सरकारको अर्कमण्यताको परिणाम !

कांग्रेसले कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्नुमा सरकारको अर्कमण्यता भनि मूल्याङ्ककन गरेको छ । जारि विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले कोरोनाको चुनौतीलाई भन्दा सत्ताको द्वन्द्वलाई बढी प्राथमिकता दिएपछि कोरोनासंगको संघर्ष चुस्त बनाउने बिषय झनै कमजोर बन्न पुग्यो । सरकारकै ध्यान बरालिएपछि स्वास्थ सामग्रीको अपर्याप्तता जारी रहनु, परिक्षणमा तिब्रता नहुनु र कोरोनाबाट संक्रमितको संख्या तिब्र रुपले बढ्दै जानु अनौठो भएन।’

सरकारले लकडाउनमा सीमा व्यवस्थित गर्न नसकेको कांग्रेसको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘डाउन पचास दिन पुगेकै दिन संक्रमितको संख्या दुई सय नाघ्यो । माघ १० गते प्रथम संक्रमित भेटिएको मितिले प्रथम एकसय जना संक्रमित पुग्न एक सय पांच दिन लागेको थियो भने दोस्रो सय केवल पांच दिनमा पुग्यो । संक्रमित मध्येको निश्चित संख्या लक डाउन शुरु भएपछि सिमाबाट लुकिछिपी प्रवेश गर्नेको देखिएको छ । यस्को प्रष्ट अर्थ हुन्छ सरकारले लक डाउनको समयमा सिमानाकालाई ब्यवस्थित गर्न प्रभावकारी र ब्यवहारिक रणनीति न अख्तियार गर्न सक्यो न कार्यान्वयन।’

भारतबाट आएकाबाट बढी कोरोनाको संक्रमण फैलिएको निष्कर्ष सहित कांग्रेसले विज्ञप्तिमार्फत सरकारलाई सुझाव समेत दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सिमानामा आइपुगेका नागरिकलाई नियन्त्रणका साथ प्रवेश दिएर क्वारेन्टाइनमा कडाइसाथ राखेर परिक्षण पश्चात् मात्रै घर जान दिएको भए लुकिछिपी प्रवेशले गरेको संक्रमणको विस्तारलाई रोक्न सकिन्थ्यो । यो कडाइ र ब्यवस्थापनमा सरकारको अस्तित्व नदेखिनुको परिणाममा कोरोनाले आफ्नो अस्तित्व विस्तार गर्न सक्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *