नेपालमा धेरै प्रतिभावान क्रिकेटरहरु छन् : सन्दीप लामिछाने
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेका अनुसार नेपालमा धेरै प्रतिभावान क्रिकेटरहरु छन् र हरेक खेलाडीले विश्व समुदायमा नेपाली खेलकुदलाई अगाडि बढाउन उत्सुक रहेका छन । लामिछानेले दिल्ली क्यापिटलको इन्स्टाग्राम लाईभमा आफ्नो अनुभव साझा गरेका छन।
उनी नेपालका एक मात्र खेलाडी हुन् जसले इण्डियन प्रीमियर लिगमा खेलेका छन् । सन्दीपले अब नेपालको राष्ट्रिय टिमले शीर्ष स्तरको क्रिकेट खेल्नेतर्फ उनको ध्यान रहेको बताएका छन । सन्दीपले दुई बर्ष अघि आईपीएलमा डेब्यू गरेका थिए।
दिल्ली क्यापिटलको इन्स्टाग्रामको लाईभमा लामिछानेले भने, “नेपालको हरेक खेलाडी राम्रो खेल्न चाहन्छन, सबैले ठूलो उपलब्धि हासिल गर्न चाहन्छ र नेपाललाई भारत जस्ता टिमसँग खेल्न सक्ने स्थानमा ल्याउन चाहन्छन ।” उनले भने, “हामीलाई विश्वास कि हामी छिटै त्यो स्थानमा पुग्नेछौ, तर त्यसको लागि हामी अर्झै धेरै सिक्नुपर्ने र कडा परिश्रम गनुपर्ने हुन्छ ।”
Facebook Comment