आयरल्यान्ड संगको टी २० श्रृंखला संगै पीसीबीले गर्यो आगामी कार्यक्रमको घोषणा
![आयरल्यान्ड संगको टी २० श्रृंखला संगै पीसीबीले गर्यो आगामी कार्यक्रमको घोषणा](https://www.dcnepal.com/wp-content/uploads/2020/05/gqqmsvwi-1536062475.jpg)
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले सन २०२०–२०१२ को लागि सेन्ट्रल कन्ट्रयाक्ट घोषणा गरेको छ। यसको साथै पीसीबीले घरेलु र विदेश भ्रमणको क्रिकेट श्रृंखलाहरु आगामी वर्ष अप्रिल सम्मको लागि घोषणा गरेको छ। कोरोना भाइरस महामारीको कारण क्रिकेट प्रतियोगिताहरु विश्वभर निलम्बित रहेका छन्। यद्यपि पाकिस्तानले यस बर्ष जुलाईमा आईरल्यान्ड बिरूद्ध दुई टी २० श्रृंखलाको लागि योजना बनाएको छ।
यस बाहेक पाकिस्तानी टोलीले जुलाई देखि सेप्टेम्बरसम्म ईङल्यान्डको भ्रमण गर्नेछ। पाकिस्तानले ईङल्यान्ड टुरमा तीन टेस्ट र तीन टी २० खेलको शृंखला खेल्नेछ। यसैबीच पाकिस्तानले सेप्टेम्बरमा नै एसिया कप टी २० प्रतियोगिता पनि आयोजना गर्नेछ ।
एसिया कप टी २० प्रतियोगिता पछि पाकिस्तानले उनीहरूको एफटीपीमा दक्षिण अफ्रिकाको यात्रा समावेश गरेको छ। यस भ्रमणमा टोलीले तीन एकदिवसीय र तीन टी २० खेलको श्रृंखला खेल्नुपर्नेछ। पाकिस्तानको टीम सेप्टेम्बरको अन्त्यमा दक्षिण अफ्रिका जानेछ।
त्यस पछि टोली आईसीसी टी २० विश्वकपमा सम्मिलित हुनेछ । आईसीसी टी २० वर्ल्ड कप अक्टुबर–नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने योजना छ। विश्वकप समाप्त भएपछि पाकिस्तानी टीमले जिम्बावे बिरूद्ध घरेलु मैदानमा तीन एकदिवसीय र तीन टी २० खेलको शृंखला खेल्नेछ ।
त्यसपछि, पाकिस्तानी टीम नोभेम्बर–डिसेम्बरमा न्यूजील्याण्डको भ्रमण गर्नेछ। यस भ्रमणमा टोलीले दुई टेस्ट र तीन टी २० खेल खेल्नुपर्नेछ।
पाकिस्तान क्रिकेट टीमले सन २०२१ दक्षिण अफ्रिका बिरूद्ध घरेलु श्रृंखलाका साथ शुरू गर्नेछ। पाकिस्तान टोलीले २०२१ जनवरी–फेब्रुअरीमा दक्षिण अफ्रीका बिरूद्ध दुई टेस्ट र तीन टी २० खेल खेल्नेछ, जुन पाकिस्तानले घरेलु मैदानमा आयोजना गर्नेछ ।
मार्चमा पाकिस्तानी टोलीको कुनैपनी तालिका छैन, जबकि अप्रिलमा टीमले जिम्बावे भ्रमण गर्ने छ। यस भ्रमणमा टोलीले दुई टेस्ट र तीन टी २० खेल खेल्नेछ ।
यद्यपि पाकिस्तानले एफटीपीमा खेलको मिति र स्थान घोषणा गरेको छैन। यस्तो अवस्थामा एफटीपीमा खेल परिवर्तन हुन सक्नेछ ।
Facebook Comment