कोरोना भाइरसको कारण सुमो खेलाडीको मृत्यु
![कोरोना भाइरसको कारण सुमो खेलाडीको मृत्यु](https://www.dcnepal.com/wp-content/uploads/2020/05/sumo-wrestler-1586512952.jpg)
काठमाडौं । जापानी सुमो खेलाडीको कोरोना भाइरस महामारीको कारण मृत्यु भएको छ । जापान सुमो एसोसिएसन (जेएसए) ले बुधवार यो कुराको पुष्टि गरेको छ । २८ बर्षीय सोबुशीको मृत्यु कोरोना भाईरसको संक्रमण को कारण भएको हो । जापानमा कोविड १९ को कारण सुमो खेलाडीको मृत्यु भएको यो पहिलो घटना हो।
क्योडो न्युज एजेन्सीको रिपोर्टका अनुसार अप्रिल १० सोबुशीको पहिलो परीक्षण पोजेटिभ देखिएको थियो र उनी कोरोना भाईरस बाट पीडित जापानका पहिलो सुमो रेसलर थिए। अप्रिल १९ मा उनको स्वास्थ्य झन बिग्रियो र उनलाई टोकियोको अस्पतालमा भर्ना गरियो।
बुधवार बिहान अस्पतालमै सोबुशीको मृत्यु भयो। सोबुशीले सन २००७ मा डेब्यु गरेका थिए र जेएसएको चौथो डिभिजनमा ११ नम्बरमा पुगेका थिए। जापानमा गत अप्रिल २५ मा तल्लो डिभिजनका चार रेसलरहरूमा कोरोनाभाइरस संक्रमित पाईएको थियो ।
Facebook Comment