नवलपरासीमा पहिलो पटक भेटिए कोरोना संक्रमित
काठमाडौं । नवलपरासीमा पहिलो पटक कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी पहिलोपटक कोरोना संक्रमणको पुष्टि भएको हो ।
नवलपरासीमा कोरोना संक्रमण भएका ३६ वर्षिया पुरुष सहित नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले ७ः५० मा गरेको अध्यावधिक अनुसार थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित हुनेहरुमा रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जना कोरोनाका नयाँ संक्रमित देखिएका हुन् ।
साझ ७ः५० को अध्यावधिक अनुसार रुपन्देही जिल्ला निवासी २२ देखि ४१ वर्ष उमेर समूहका पुरुष र ४ वर्षदेखि २८ वर्षका महिलामा कोरोनाको पुष्टि भएको हो । यस्तै, कपिलवस्तुमा २२ देखि ४२ वर्षिया पुरुष, पर्सामा ३६ र ७४ का पुरुष, ३६ की महिला र नवरपरासीमा ३६ वर्षिया पुरुष रहेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Facebook Comment