न्यूयोर्कको टाइम्स स्क्वायरमा ‘ट्रम्प डेथ क्लक’ स्थापना गरियो

डिसी नेपाल
१ जेठ २०७७ ९:३७

काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरको टाइम्स स्क्वायरमा ‘ट्रम्प डेथ क्लक’ स्थापना गरिएको छ । फिल्म निर्माता युगेने जारेकीले यो डिजिटल बिलबोर्ड स्थापना गरेका हुन् । यसमा कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या देखाइन्छ र यो निरन्तर अपडेट भइरहन्छ । अमेरिकीहरुको कोरोनाभाइरसका कारण भएको मृत्युलाई ‘ट्रम्पको लापरवाहीका कारण’ भएको मृत्युको रुपमा अर्थ लगाउँदै यो बिलबोर्ड स्थापना गरिएको हो ।

वाशिङटन पोस्टमा एक लेख लेख्दै जारेकीले राष्ट्रपति ट्रम्पले महामारीलाई हल्का र लापरवाहीपूर्ण तरिकाले लिएको र उनको यही व्यवहार अमेरिकामा भइरहेका मृत्युको लागि जिम्मेवार भएको बताएका छन् । ‘यो पीडा भुल्न सकिने छैन । आजसम्म हजारौं अमभेरिकीले ज्यान गुमाइसकेका छन् र यो प्रशासन समयमै सक्रिय नहुँदाको परिणाम हो’ जारेकीले लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *