सबैभन्दा ठूला महामारी विशेषज्ञसँग भिड्दै ट्रम्प, भने–‘डा. फाउसीको चेतावनी अस्वीकार्य’
वाशिङटन। नोभेल बोरोनाभाइरसको महामारीका बीच अमेरिकामा पुनः सार्वजनिक गतिविधिहरु सुरु गर्ने प्रयास गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र देशका बरिष्ठ महामारी विशेषज्ञ डा. एन्थोनी फाउसीबीच टकरावको स्थिति सृजना भएको छ । ट्रम्पले सार्वजनिक गतिविधि पुनः सुरु गर्न जोड दिइरहँदा डा. फाउसीले भने यसो गर्नु खतरनाक हुने चेतावनी दिएका थिए ।
राष्ट्रपति ट्रम्पले भने डा. फाउसीको चेतावनी अस्वीकार्य भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले आफू खासगरी स्कुल छिटो खोल्न नहुने भन्दै डा. फाउसीले दिएको चेतावनीप्रति असन्तुष्ट भएको बताएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले देशभरका गर्भरहरुलाई आफ्नो राज्यमा भएका स्कुलहरु फेरि संचालन गर्न भनेका छन् । बुधबार उनले सबै स्कुलहरु खोल्न आदेश दिए । तर, डा. फाउसीले भने स्कुल छिटो खोल्दा घातक भाइरस तीब्र गतिमा फैलिने चेतावनी दिइरहेका छन् ।
Facebook Comment