डब्लुएचओको चेतावनी : एचआईभी जस्तै कोरोना भाइरस कहिल्यै उन्मुलन नहुन पनि सक्छ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस थप जटिल हुनसक्ने बताएकाे छ । डब्लूएचओले कोरोना भाइरस कहिल्यै उन्मुलन नहुन पनि सक्ने चेतावनी दिएको छ।
यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने डब्लुएचओले बताएको छ।
डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले जेनेभामा बुधबारको ब्रिफिङ्ग दिँदै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका हुन्।
‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा उनले भने।
निर्देशक माइकल रयानले एचआईभी भाइरसको उदाहरण दिँदै अगाडि भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन।’
उनले खोप भएर पनि उन्मुलन नभएका धेरै रोगहरु रहेकाले कोरोना भाइरस पनि त्यस्तै हुन सक्ने उनले चेतावनी दिएका हुन्।
उनले खोपबिना आम मानिसलाई यो रोगसँग लड्नका लागि इम्युनिटीको उपयुक्त स्तर हासिल गर्न धेरै वर्ष लाग्ने पनि बताएका छन् ।
अहिले विश्वमा कोरोनाविरुद्ध खोप बनाउने धेरै प्रयास जारी रहेको बताउँदै संसारमा अहिले कम्तीमा यसका लागि १ सय वटा खोप विकास भइरहेको उनले बताए।
Facebook Comment