ट्रक र बस एक आपसमा ठोक्किँदा कम्तीमा आठको मृत्यु

डिसी नेपाल
१ जेठ २०७७ १०:२७

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ।

स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ।

गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरेहको छ।

यस घटनामा ज्यान गुमाएकाहरु महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नै जन्म स्थानमा जाँदै गरेका जनाइएको छ।

यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *