भारतमा रोकिएका झण्डै ८ सय नेपाली रुपन्देही आइपुगे

डिसी नेपाल
१ जेठ २०७७ १३:५०

काठमाडौं। सीमापारी रोकिएको झण्डै ८ सय जना नेपालीलाई नेपाल ल्याइएको छ । रुपन्देहीको सीमापारी रोकिएका ती नेपालीलाई स्थानीय जनप्रतिनिधिको प्रतिनिधिको अगुवाइमा रुपन्देही ल्याइएको हो । उनीहरुलाई सीमावारी ल्याएर नियमानुसार क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका थिए । लामो समय क्वारेन्टाइनमा बसेका उनीहरु क्वारेन्टाइन अवधि पूरा भएको भन्दै जबरजस्ती नेपाल छिर्न खोजेपछि उनीहरुलाई व्यवस्थित तरिकाले ल्याइएको हो । रुपन्देही ल्याइएका उनीहरुलाई निश्चित समय क्वारेन्टाइमा राखेपछि मात्रै आ–आफ्नो घर पठाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *