कोरोना संक्रमित बालबालिकामा अर्कै लक्षण, खोकी र श्वास प्रश्वासको समस्या देखिएन

डिसी नेपाल
१ जेठ २०७७ १५:१५

काठमाडौं। कोरोनाभाइरस संक्रमित बालबालिकाहरुमा श्वास प्रश्वास सम्बन्धी समस्याभन्दा पहिले पखालाको साथ ज्वरो आएको पाइएको छ । चीनका कैयौं बालबालिकामा यस्ता लक्षण देखिएका छन् । चीनमा अनुसन्धान गरिरहेका बाल रोग विशेषज्ञले यो नयाँ लक्षणको खुलासा गरेका हुन् । फ्रन्टियर्स इन पिडियाट्रिक्स जर्नलमा प्रकाशित शोधका अनुसार यदि बालबालिकाहरुमा बान्ता हुन खोज्ने र पखालाको लक्षण देखिएका छन् भने सचेत हुनु जरुरी छ ।

केही समय पहिले वयस्कहरुमा पनि यस्ता लक्षण देखिएका थिए । चीनमा पाइएको तथ्यांकअनुसार ५० प्रतिशत कोरोना बिरामीमा पेट दुख्ने, बान्ता हुने र पखालाको लक्षण देखिएका थिए । वुहानको टोंगजी हस्पिटलमा अनुसन्धान गरिएको हो । शोधकर्ता तथा बाल रोग विभागका प्रमुख डा. वेनबिल लीका अनुसार धेरैजसो बालबालिका कोरोनाका गम्भीर बिरामी होइनन् । चीनमा आएका केसहरुमा बालबालिकामा पेट सम्बन्धि समस्या देखिएका छन् ।

शोधकर्ताहरुका अनुसार कोरोना पेटसम्म पनि पुग्न सक्छ । वुहानको टोंगजी अस्पतालमा आएका बालबालिकाहरुमा नन रेस्पिटरी लक्षण देखिएका छन् । उनीहरुमा सास सम्बन्धी समस्या देखिएका छैनन् । यद्यपि पछि भने उनीहरुलाई निमोनिया भयो र कोभिड १९ को पुष्टि भयो । शोधकर्ताहरुका अनुसार इमरजेन्सी वार्डमा भर्ना भएका बालबालिकामा पहिले पेट सम्बन्धी कुनै समस्या थिएन । तर पनि एउटा कुरा सबैजसोमा देखियो । पछि सिटी स्क्यान गर्दा सबैमा निमोनियाको पुष्टि भयो । पछि उनीहरुको शरीरमा कोभिड १९ पनि भेटियो । अस्पतालमा ८० प्रतिशत केसहरुमा पेट सम्बन्धी समस्या देखियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *