शुक्रबारबाट लकडाउन अझै कडा हुन्छ : गृहमन्त्रालय

डिसी नेपाल
१ जेठ २०७७ १६:३८

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा शुक्रबारदेखि लकडाउन कडाइ गर्ने गृहले निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिकाका मेयरहरु र प्रहरी अधिकारीसँग छलफल गर्दै लकडाउनलाई अझै कडाई गर्ने निष्कर्षमा गृहमन्त्रालय पुगेको हो ।

छलफलमा सहभागि मेयरका अनुसार भोलि (शुक्रबार) देखि काठमाडौंका भित्रीबाटाहरुमा पनि चेकजाँच कडाइ गरिने छ । यस्तै, उपत्यका भित्रिने तथा बाहिरिने नाकामा पनि थप कडाई गरिने छ ।

कोरोनाबाट जोगिने एक मात्र उपाय सामाजिक दुरी र लकडाउन भएको निष्कर्ष वैठकले निकालेको उनले बताए ।

गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ। जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *