जुम्लाका स्थानीय तहद्वारा मेडिकल मार्च

डिसी नेपाल
१ जेठ २०७७ १७:२३

खलङ्गा । जुम्लाको सिँजा गाउँपालिकाले मेडिकल मार्च शुरु गरेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला गाउँपालिकाले विशेषज्ञ चिकित्सक लिएर ‘मेडिकल मार्च’ शुरु गरेको हो । सिँजा –३ नराकोट स्वास्थ्यचौकीबाट शुरु भएको अभियान एक महिनासम्म चल्ने गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताए ।

मार्चअन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट यहाँका स्थानीयवासीको स्वास्थ्य जाँच शुरु भएको छ । कर्णाली प्रदेश सरकारको समन्वयमा पहिलो पटक गाउँपालिकाभित्र विशेषज्ञ सेवासहितको ‘मेडिकल मार्च’ शुरु भएको गाउँपालिका अध्यक्ष रावलले बताए ।

पत्रकारको पिसिआर परीक्षण

कर्णाली प्रदेश सरकारले यहाँ कार्यरत पत्रकारको स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने भएको छ । पहिलो चरणमा बुधबार सुर्खेतमा कार्यरत ४३ पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका अनुसार सोमबार स्वाब संकलन गर्न छुटेका पत्रकारको बिहीबार स्वाब संकलन गरिने जनाएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले यहाँका १० वटै जिल्लाका पत्रकारको स्वाब संकलन गरी परीक्षण गरिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *