नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ३ गते बस्ने

डिसी नेपाल
१ जेठ २०७७ १७:४३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नीति तथा कार्यक्रम जारी गरेको भोलिपल्ट जेठ ३ गते शनिबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक शनिबार दिउसो १ बजो बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने छ ।

नेपाली कांग्रेस स्रोतका अनुसार राष्ट्रपतिबाट नीति तथा कार्यक्रम जारी भएको भोलिपल्ट बस्ने कांग्रेस संसदीय दलको बैठकले समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि आफ्नो धारणा पार्टीले बनाउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *